हिपमत डटकम
विराटनगर,५ माघ : विराटनगर महानगरपालिका क्षेत्रका सडकमा रहेका बिजुलीका पोलमा फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन राख्न थालिएकोअभियान आरम्भ भएको छ । महानगरपालिकासँग रोटरी क्बल अफ विराटनगर डाउन टाउनको सहकार्यमा आइतबारबाट नयाँ निर्माण भएका सडकछेउ फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन राख्न थालिएको हो । विराटनगरलाई सुुन्दर बनाउने अभियानअन्तर्गत महानगरसँग सहकार्य गरिएको रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले बताइन् ।
तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म ९० पोलमा गमला र डस्टबिन राखिएको हो । आफ्नो सहर आफैं सुन्दर बनाउने अभियानमा महानगरलाई सघाइएको हो । महानगर प्रमुख भीम पराजुलीले विराटनगरमा सडक पुनर्निर्माणको काम लगभग पूरा भएको बताउँदै सडकलाई अब सरसफाइमा ध्यान दिइएको बताए । रोटरीका गभर्नर किरणराज श्रेष्ठ, ,रचना राठीले लगायतले बोलेका थिए ।