हिपमत डटकम

शुक्रबार, कार्तिक १४, २०७७ || 607  पटक पढिएको

बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।

यसैबीच, चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!