गणेश कुमार ठाकुर

शुक्रबार, कार्तिक १४, २०७७ || 1225  पटक पढिएको

सिरहा,। कोरोना सँक्रमणका कारण करिब ७ महिना देखि बन्द विद्यालयहरु धमाधम खुल्न थालेका छन् । वैकल्पिक विधिबाट सन्चालित कक्षा प्रभावकारी नभएपछि सिरहा जिल्लाका स्थानिय तहहरुको सुरक्षा सावधानि अपनाउदै कक्षा सन्चालन गने कार्य कार्यन्यवन गर्न थालेका छन् । विद्यालयको भौतिक कार्यक्रम गर्दै स–साना समुह र सिफ्टमा पठन पाठन गर्ने गरेका छन् । सँघीय सरकारको विद्यालय सन्चालन गर्ने कुनै विधिबाट न गरे पनि विद्यार्थी सिकाई सहजीकरण निर्देशीका जारी गरेर आधुनिक प्रविधिको पहुच बाहिर रहेरका विधार्थीलाइ भौतिक दुरी कायम गरी सिकाइ केन्द्रमा सिकाउन सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा विद्यालयमा आपसमा भौतिक दुरी कायम गरी पाठ्यपुस्तक, स्वअध्ययन प्रयोग गरी शिक्षक मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनि निर्देशिकाले निर्देशन गरे अनुसार सिरहा जिल्लाका पनि स्थायी सरकार सकृय भएको छ ।

मिर्चैया नगरपालिका भित्रका मोहन उ.मा.वि लगाइत अन्य आधारभुत विद्यालयहरुले पनि माध्यमिकका विधार्थीहरुलाई सिपटगत अनलाइन पढाइ शुरु गरेका छन् । भने आधारभूत तहका विद्यार्थीहरुलाई टोल टोलमा गएर धरदैलो शिक्षण गाउने शुरुवात सराहनीय छ त दलित तथा निम्न स्तरीय विद्यार्थी यस बाट बन्चित भएको देखिन्छ । दर्जनौ संस्थागत विद्यालयहरुले यस्ता शिक्षण दिनेकुरामा विश्वास नै गर्दैन ।
मिर्चैया नगरपालिकाका सदरमुकामबाट टाढा वार्ड न.ं २ मल्हनिया पिराडीका विद्यालय जाने उमेरका वालबालीका माछा मार्नमा व्यस्त छन् सरोकारवालाको नजर पुगेको छैन बैक्लपिक शिक्षा हात्तीको देखाउने दाँत भएको छ ।

युनिसेफको प्रतिवेदन अनुसार विद्यालयहरु बन्द भएको कारण ४३ करोड बालबलिकाले अनलाइन कक्षामा भर पर्नु परेको छ । बिशेष गरि ग्रामिण क्षेत्रहरुमा इन्टरनेट त परकोकुरा बिजुलीको समेत सुबिधा न भएकोले कक्षा आशिंकरुपमा नै प्रभावकारी हुन सकेको छ । विद्यालय जानबाट बन्चितिकरणमा परेका थप बालबालिका पनि विद्यालय बाहि रहेका छन् ।

इसरी लामो समय विद्यालय न पठाउदा बालबालिकामा गम्भिर मानसिक तथा शैक्षिक अस पर्ने र यसरी बालबालिकालाई शिक्षाबाट बन्चित गनिु नै कोभिड १९ को प्रकोप भन्दा बढी धातक हुनेछ । यसमा सरोकारबालाको ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!