खबर ठुलो छ

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनासरम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।

विगतवर्षमा दशैँको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाडालगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौँसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरेपनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ । कोभिड – १९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भीडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताए ।

विगतवर्षमा जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस बर्ष दैनिक ५० देखि ६० सवारी साधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो ।ट्राफिक प्रहरीले चाडबाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यकरूपमा दुःखदिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख देवबहादुर खत्रीले बताए ।

शुक्रबार, कार्तिक ०७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया