निशान कंडेल

मंगलबार, कार्तिक ०४, २०७७ || 734  पटक पढिएको

वरिष्ठ हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।
१३ औं पुण्यतिथिका अवसरमा विराटनगर–११ स्थित उनकै निवासमा भेला भएका साहित्यकारहरूले सापकोटाको निधनले हाँस्यव्यङ्ग्य साहित्यमा अपूरणीय क्षति पुगेको बताए । अग्रज साहित्यकार महेश प्रसाईंको अग्रसरमामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरूले सापकोटाको निधनले विराटनगरमा हाँस्यव्यङ्ग्य साहित्य खाली भएको टिप्पणी गरे । प्राज्ञ विवश पोखरेलले सापकोटा असल साहित्यकार मात्रै नभएर सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भएको बताए । “सापकोटाको निधनले विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरो भएको छ,” उनले भने, “अब यो रिक्तता पूरा हुन निकै समय लाग्छ ।”
साहित्यकार रामबाबु दाहालले समसामयिक विषय तिखो व्यंग्य प्रहार गर्न सक्ने क्षमता सापकोटामा भएको बताए । अर्का साहित्यकार रामबाबु दाहालले पनि सापकोटाको अवसानले हाँस्यव्यङ्ग्य साहित्यमा ठूलो क्षति पुगेको उल्लेख गरे । समारोहमा साहित्यकार देवी पन्थी, भरत गुरागाईं, राधिका गुरागाईं, मीनकुमार नवोदित, मुनाल पोखरेल, लेखक दिनेश श्रेष्ठ, चिकित्सक आलोक भण्डारी, कवि शिवनारायण पण्डित सिंगल, भवानी पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रावर्तीलगायतले सापकोटाको योगदानको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!