हिपमत डटकम

शुक्रबार, कार्तिक ०१, २०८२ || 1908  पटक पढिएको

हुम्ला — हिमपातका कारण बन्द भएको सिमकोट–हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि पुनः सञ्चालनमा आएको छ। भारी हिमपातका कारण सडकमा जमेको हिउँ पन्छाएपछि बिहीबारदेखि सडक खुला गरिएको हो।

पूर्वाधार विकास कार्यालय हुम्लाले न्यालु सडकखण्डमा जमेको करिब चार फिट हिउँ हटाउन सिमकोटबाट स्काभेटर पठाएको थियो। तीन दिनसम्मको प्रयासपछि हिउँ पन्छ्याएर सडक सुचारु गरिएको पूर्वाधार कार्यालयका प्रमुख नरेशराज जैसीले जानकारी दिए।

सडक सञ्चालनमा आएसँगै हिमपातका कारण तुम्लिङ क्षेत्रमा रोकिएका ४० जनाभन्दा बढी यात्रु सकुशल सिमकोट फर्किएका छन्।

यसबीच, लिमी उपत्यकामा चिसो झनै बढ्दै गएको जनाइएको छ। स्थानीयका अनुसार बिहान र साँझको समयमा तापक्रम माइनसमा झर्ने गरेको छ, जसले जनजीवन प्रभावित बनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!