हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 1064  पटक पढिएको

अष्ट्रिया/अष्ट्रियामा स्थापना गरिएको नेपाली युरोपियन खेलकुद संघले पूर्णता पाएको छ ।
रिक्त सचिव र सदस्यहरूमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । खेलकुदका माध्यमबाट नेपाली कला, संस्कृतिको प्रचारप्रसार र युरोपमा रहेका नेपालीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थापित संघको सचिवमा किरण भण्डारीलाई मनोनित गरिएको छ । संघको सल्लाहकारमा अंग शेर्पालाई मनोनित गरिएको उपाध्यक्ष डि.आर. नेपालले जानकारी दिए । त्यस्तै ज्ञानेन्द्र बड्तौला, ओमप्रकाश रोका र सन्तोष भट्टलाई सदस्यमा चयन गरिएको छ । “अब समितिले पूर्णता पाएको छ,” उपाध्यक्ष नेपालले भने, “संघमार्फत योजनाबद्ध रुपमा खेलकुदका गतिविधि गर्नेछौं ।”

यसअघि दिलकुमार घमालको अध्यक्षतामा उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गरिएको थियो । जसअन्तर्गत उपाध्यक्षमा डि.आर. नेपाल, महासचिवमा यम मानन्धर र कोषाध्यक्षमा कृष्णबहादुर विश्वकर्मा चयन भएका थिए । संघलाई वैधानिक रुपमा सञ्चालन गर्न आफ्नो छुट्टै विधान र लोगो बनाइसकिएको उपाध्यक्ष नेपालले जानकारी गराए । संघले वार्षिक रुपमा अष्ट्रियामा खुल्ला भलिबल प्रतियोगिता गर्ने तयारी गरेको छ । यस वर्ष अक्टुवरमा प्रतियोगिता गर्ने तयारी गरे पनि कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगित गरेको नेपालले बताए । “समय अनुकूल हुने बित्तिकै स्थगित गरिएको भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ,” उपाध्यक्ष नेपालले भने । हरेक संस्थामा राजनीति हाबी हुने गरेको बताउँदै नेपालले संघमा राजनीतिक आस्था र विचारलाई घुस्न नदिने प्रतिबद्धता जनाए । उनका अनुसार संघलाई विशुद्ध खेलकुद गतिविधिमा सक्रिय बनाइनेछ । खेलकुद कुनै पनि मुलुकको पहिचान र त्यस देशका नागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ । उपाध्यक्ष नेपालका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई साकार बनाउन संघले भलिबलसँगै खेलकुदका अन्य गतिविधि पनि गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!