हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 714  पटक पढिएको

काठमाडौं । विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । घटस्थापनाका दिन वाग्मती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ ।

पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो । पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उनले बताइन् । यसैगरी अभियानकर्मी डा.लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजीकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदै आएका छन् । चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन् ।

अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!