हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 634  पटक पढिएको

सिरहा । कोरोना महामारीका कारण विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ ।

विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट अभियान सञ्चालन हुँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना संक्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनियर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युतको महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काट्दा तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । आव २०७५/७६ मा विद्युतको महसुल नबुझाउने ४४९ ग्राहकको विद्युत लाइन काट्दा एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत १७ लाख ८४ हजार ८६३ राजश्व संकलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इन्जिनियर रामजी साहले बताए ।

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताए । कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६/७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् ३३ करोड ६६ लाख १६ हजार ४४० संकलन गरेको इन्जिनियर साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!