बीरेन्द्रकुमार साह

शनिबार, कार्तिक ०१, २०७७ || 765  पटक पढिएको

मुम्बईको बान्द्रा अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा एफआईआर दर्ता गर्न आदेश दिएको छ । अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध एफआईआर दर्ता हुनुपर्ने माग गरिएको थियो ।

मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर्ता गरेका थिए । उजूरीमा कंगनाको ट्वीटरमार्फत हिन्दुु–मुस्लिम समुदायमा झगडा गराउने कोसिस गरेको उल्लेख छ । त्यस्तै, बलिउडलाई निरन्तर बदनाम गरेको आरोप पनि कंगनामाथि लागेको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म कंगनाले बलिउडविरुद्ध अभिव्यक्ती दिइरहेकी छिन् । उनले भाइ–भतिजावाद र फेवरेटिज्ममा बलिउड अडिएको दाबी गरिरहेकी छिन् । यस विषयलाई ध्यानमा राख्दै बान्द्रा अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो । कंगना आफ्ना ट्वीट र बयानलाई लिएर प्राय विवादमा आइरहन्छिन् । यस विषयमा यसअघि उजूरी दर्ता गर्न उजूरीकर्ताहरु बान्द्रा प्रहरी चौकी पुुगेका थिए, तर प्रहरीले कंगनाविरुद्ध रिपोर्ट दर्ता गर्न मानेको थिए । त्यसपछि उजुरीकर्ताहरु अदालत पुुगे । अब सिआरपीसीको धारा १५६(३) अन्तर्गत कंगनाविरुद्ध एफआईआर दर्ता हुनसक्छ । यसपछि कंगनासँग सोधपुछ हुनेछ । यदी उनीविरुद्ध प्रमाण भेटिएमा उनको गिरफ्तारी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!