हिपमत डटकम

शनिबार, कार्तिक ०१, २०७७ || 791  पटक पढिएको

वीरगञ्ज :प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहाँ बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

यो फ्लाट अशोक सिन्हाको भनिएको छ र यसबारे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!