शुक्रबार, आश्विन ३०, २०७७ || 907  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार जस्तो घटना छोपछाप गर्ने काम नसहने बलात्कारीलाई कडा कारवाई गर्न प्रहरी नेतूत्वलाई आदेश दिएको छ । शुक्रबार नेपाल प्रहरी को ६५ औं स्थापना दिवसमा सम्बोधन गर्दै ओलीले समाजमा फैलिएको अपराधिक क्रियाकलाप महिला विरुद्ध हुने हिंसा रोक्न प्रहरीलाई कुनै किसिमको दवाब र प्रभाव नरहेको बताए । देश र जनता को शान्ति-सुरक्षा र अमनचैयन को लागि दिनरात खटिरहने प्रहरी गरीब छैन लोभ मा नपरौं प्रधानमन्त्रीले भने । प्रहरीको जागिर गर्ने हरु व्यक्तिगत लभ र स्वार्थबाट माथि उठी देशलाई सर्वोपरी मानी काम गर्न निर्देशन दिए ।

पछिल्लो सयम स्थानीय पञ्च बसेर बलात्कारका घटनामा मिलापत्र गराएको समाचार सार्वजनिक भइरहेका छन् । बलात्कारीलाई कडा कानुनको माग गर्दै प्रदर्शन भइरहेको छ ।  कतिपय सामाजिक अभियन्ता र राजनितीकर्मीहरुले बलात्कार आरोपीलाई ‘मृत्युदण्ड’को आवाज उठाइरहेको बेला प्रधानमन्त्रीले बलात्कार नियन्त्रण गर्न भविष्यमा अझ कडा कानुन ल्याउनेबारे सचिरहेको बताए । उनले भने, ‘एसिड आक्रमण विरुद्ध कडा कानुन ल्यायौं, बलात्कार मानवोचित छैन, त्यसलाई नियन्त्रण गर्न अझै कडा कानुन बनाउने बारे सोचिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!