बिहिबार, आश्विन २९, २०७७ || 964  पटक पढिएको

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा पनि आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गर्दै आएका पत्रकार, चिकित्सक तथा समाजसेवी युवाहरुलाई नेपाल वैश्य युवा संघ मोरङले बुधवार एक कार्यक्रमबीच सम्मान गरेका छन् ।
नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश साहको अध्यक्षतााम भएको सो कार्यक्रमका प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले नगरभित्र महामारी तिब्रता लिइरहेको समयमा समाजसेवी युवा, डाक्टर, तथा पत्रकारहरु संकटका बेला कोरोना भाईरस कोभिड–१९ का संक्रमितहरुमा उत्साह भर्ने काम गरेकोले आभार व्यक्त गरेका थिए ।
महामारीमा पनि आफ्नो ज्यानको पर्वाह नगरी अग्रपंक्तिमा रहेर आफ्नो कामलाई निरन्तरता दिनु भएका डा बाल कृष्ण साह, डा राम कुमार साह, डा रुपेश गामी र अहोरात्र रिपोर्टिङमा रहनु भएका हिपमत मिडिया हाउस प्रा लि का अध्यक्ष विरेन्द्रकुमार साह, मकालु टेलिभिजनका सम्वादाता पदम सरदार, आवर बिराटनगर अनलाईनका पत्रकार प्रेम देवानलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर युवा संघले सम्मान गरेका छन् ।

त्यस्तै शव ब्यवस्थापनमा सरकारलाई सहजीकरण गर्ने ६ जना युवाहरू सुयोग चापागाई, रविन कार्की, संजोग गौतम, अनुराग भण्डारी, ऋष्यदान शाक्य र विश्वमान थापालाई समेत संघले सम्मान गरेका छन् ।
वैश्य युवा संघले लकडाउनको बेला निशुल्क मास्क बितरण, वृद्ध आश्रममा ५३ जनालाई ३ महिनाको खानाखर्च, पीडित विद्यार्थीहरुलाई आमाको माया छात्रावास लगायत विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकारले बताए ।
संघका जिल्ला सल्लाहकार संतोष साहले बिराटनगर क्षेत्रभित्र वैश्य जातिहरुको २ लाख हारहारी जनसंख्या तथा ४० हजार मतदाता रहेकोले अब सामाजिक अभियन्ताको साथै अधिकारको लागी पनि एक जुट भएर अगाडी बढनुपर्ने बताउनु भयो ।

सो कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल वैश्य युवा संघ मोरङका सल्लाहकार राजेश गुप्ता सहित संघका पदाधिकारी सदस्य एवं समाजका अन्य सहयोगी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!