
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। समितिको संयोजकमा उपसभापति डोलप्रसाद अर्याल नियुक्त भएका छन् भने सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन्।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचनलक्षित गतिविधी सञ्चालन गर्न समिति गठन गरिएको हो। यसका साथै रास्वपाले प्रदेश स्तरमा प्रदेश समन्वय सचिव तोकेको छ र केन्द्रीय स्तरमा आन्तरिक, प्रशासनिक तथा सञ्चार समन्वयका उपसमिति पनि गठन गरिएको छ।