मोरङ–५ मा रास्वपाको शक्ति प्रदर्शन: रंगेलीमा एकैदिन १४२ जना प्रवेश

आशा झालाई जिताउने र “घण्टी” चुनाव चिन्हका लागि घरदैलो अभियान तीव्र पार्ने प्रतिबद्धता

बीरेन्द्रकुमार साह

आइतबार, माघ १९, २०८२ || 772  पटक पढिएको

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर–५ मा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। आज रंगेली नगरपालिकामा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी १४२ जना स्थानीय रास्वपामा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गर्दै आसन्न निर्वाचनमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। कार्यक्रममा बोल्दै रास्वपा मोरङ–५ की उम्मेदवार आशा झा ले पुराना दलप्रति जनतामा बढ्दो निराशा नै नयाँ पुस्ताको विकल्प खोजीको कारण बनेको बताइन्।
“जनताले अब भाषण होइन, काम चाहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन हाम्रो प्राथमिकता हो। मोरङ–५ मा देखिएको यो उत्साह परिवर्तनको स्पष्ट संकेत हो,” झाले भनिन्।

कार्यक्रममा बोल्ने नवप्रवेशीमध्ये एक स्थानीय युवाले आफूहरू देशमा नयाँ राजनीतिक संस्कार स्थापनाका लागि रास्वपामा आबद्ध भएको बताए।
“हामी आशा झालाई जिताउन र देशमा इमानदार नेतृत्व स्थापित गर्न दिनरात खटिनेछौं। अब गाउँ–गाउँमा ‘घण्टी’ को अभियान चलाउँछौं,” उनले भने।
रास्वपाले पछिल्लो समय मोरङ–५ अन्तर्गत विभिन्न पालिकामा प्रवेश कार्यक्रमलाई तीव्रता दिँदै आएको छ। पार्टीका नेताहरुको अनुसार युवापुस्ता र पहिलोपटक मतदान गर्न लागेका मतदातामा पार्टीप्रति आकर्षण बढ्दो छ।

आगामी दिनमा घरदैलो, टोलभेला र मतदाता भेटघाटलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!