काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार जनताको एजेण्डा समावेश गरेर तयार पारिएको घोषणापत्र आगामी निर्वाचनका लागि सार्वजनिक गरिनेछ। पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि पाँच वर्षमा पाँच महत्वपूर्ण क्षेत्रमा काम गर्ने गरी योजना प्रस्तुत गरिने जानकारी दिइन्।

घोषणापत्रमा जेन-जीका एजेण्डा र सुशासन प्रमुख मुद्दा हुनेछन्। अधिकारीले भ्रष्टाचार अन्त्य, आर्थिक सुधार र सरकारको १०० दिनमा १०० वटा प्रमुख काम पूरा गर्ने योजनासहित नीतिगत सुधारका खाका पनि समावेश हुने बताए।

साथै उनले जनताले देखाएको विश्वास कायम राख्न र सशक्त, प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!