आइतबार, आश्विन २५, २०७७ || 696  पटक पढिएको

सरकारसँग आठ बुँदे सहमती भएपछि आइतबार २८ औँ दिनमा डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै उनी १९ औँ पटक अनसनमा बसेका थिए । शनिबार राति सहमति भएपछि अनशनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपिनाथ मैनालीले आठ बुँदे सहमतीमा हस्ताक्षर गरेका थिए ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीका हातबाट जुस पिएर अनुसन तोडेका हुन् ।

केसीको समर्थनमा चिकित्सक संघ र आवासिय चिकित्सकहरुले गर्दै आएको आन्दोलनको कार्यक्रम सरकारसँग बीच सहमति भएपछि फिर्ता लिएका छन् ।

६ बुँदे माग राख्दै डा. केसीले २९ भदौदेखि जुम्लाबाट अनशन सुरु गरेका थिए । उनलाई स्वास्थ्य खराब भएपछि नेपालगंज हुँदै काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!