खबर ठुलो छ

डाक्टर गोविन्द केसीले आज अनसन तोड्दैछन् । सरकारसँग आठ बुँदे सहमति भएपछि उनले अनशन तोड्न लागेका हुन् ।

यसअघि मध्यराति अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमध्ये छ बुँदे डाक्टर केसीको मागका विषय रहेका छन् । ७ नम्बर बुँदामा सहमति कार्यान्वयनको विषय छन् । ८ नम्बर बुँदामा अनशन तोड्ने विषय छन् । मागलाई सरकारले कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने हुन्छ ।

यसअघि दुवै पक्षबाट वार्ताका लागि गठित दुवै टोलीबीच मध्यरातमै सहमति खोज्ने प्रयास गरेका थिए । २७ औं दिन अनशनमा बसिसक्दा पनि सहमति ननिस्किएपछि डा. गोविन्द केसीको जीवन रक्षाका लािग सरकारमाथि चौतर्फी दबाब बढेको थियो ।

डा. केसी र सरकारबीच भएको सम्झौतामा के छ (सम्झौतापत्रसहित)

यसैगरी डाक्टर केसीसँग सम्झौता भएपछि चिकित्सक संघले आव्हान गरेको संघर्षको कार्यक्रम फिर्ता लिएको छ । आज प्रेस विज्ञप्तिमार्फत् कार्यक्रम फिर्ता लिएको हो ।

आइतबार, आश्विन २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया