आइतबार, आश्विन २५, २०७७ || 735  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै बैंग्लुरु अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

दुबईमा खेलिएको खेलमा बैंग्लुरुले टस जितेर पहिले ब्याटिङ गर्दै १७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले ८ विकेटको क्षतिमा मात्र १३२ रन बनाउन सक्यो । रनको हिसाबले चेन्नईविरुद्ध बैंग्लुरुको सबैभन्दा ठूलो जीत हो ।

बैंग्लुरुका लागि कप्तान विराट कोहलीले नटआउट रहँदै ९० रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, देवदत्त पडिक्कलले ३३ तथा शिवम दुवेले २२ रन बनाए । चेन्नईका लागि शर्दुल ठाकुरले २ विकेट लिए । बैंग्लुरुले ४ विकेटको क्षतिमा १६९ रन बनायो ।

जवाफमा चेन्नईका लागि अम्बती रायडूले ४२ तथा नारायण जगदिसनले ३३ रन बनाए । चेन्नईलाई सस्तोमा समेट्न क्रिस मोरिसले ३ तथा वासिंटन सुन्दरले २ विकेट लिए ।

सिनमा चेन्नईले ७ मध्ये ५ खेल हारेको छ । तर, सन् २०१० मा पनि चेन्नईले शुरुवाती ७ मध्ये ५ खेल हारेको थियो । तर, त्यसपछि शानदार पुनरागमन गर्दै सो सिजनको उपाधि कब्जा गरेको थियो ।

आज सनराइजर्स हैदरवाद र राजस्थान रोयल्स तथा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!