आउँदो सप्ताह शेयर बजार १५७५ देखि १६२५ सम्म जाने सम्भावना रहेको जानकारहरुले हिपमत डटकमलाई बताएका छन् ।
सप्ताहको चौथो दिन बुधवार १५ अंकको बृद्धि सहित १६०० मा बन्द भएको बजार सप्ताहको अन्तिम दिन विहिवार ११.३४ अंकले घटेर १५८९.६४ मा बन्द भएको थियो । तुरन्त लाभ लिने लागनीकर्ताहरुको दबाबमा शेयर बजार ११.३४ अंकले घटेर १५८९.६४ मा बन्द भएको शेयर विश्लेषकहरुले बताएका छन् ।  जनकारहरुका अनुसार आउँदो सप्ताह लगानीकर्ताहरुमा लाभ लिने प्रवृति बढ्यो भने बजार १५७५ सम्म जाने सम्भावना देखिएको छ । बजारको भित्री ट्रेड मजबुत देखिन्छ । खरिदकर्ता र बिक्रिकर्ताको उपस्थिति बराबरीमा रहेकोले १५७५ देखि १६२५ मा लम्किने सम्भावना बढि रहेको देखिन्छ ।

शेयर विश्लेषकहरुले हिपमत डटकमलाई दिएको जानकारी अनुसार शेयर बजारमा घट–बढ हुनु स्वभाविक प्रकृया हो । यो बजार सम्भावनाको नै खेल हो । अहिले बजारको ट्रेन्ड कम भए पनि फेरी बढ्ने तिर नै देखिन्छ । अगामी दशैं तिहार सम्म शेयर बजार १६५० सम्म जान सक्ने सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!