शनिबार, आश्विन २४, २०७७ || 654  पटक पढिएको

मनास्लु हिमालको आधार शिविर क्षेत्रबाट करिब २ हजार किलो फोहोर संकलन गरिएको छ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको आरोहण टोलीमा रहेका नेपाली सदस्यहरुले आधार शिविरमा तीन दिन गरेको सरसफाइमा झन्डै २ हजार किलो फोहोर संकलन गरेका हुन् ।

असोज १६, १७ र १८ गते उक्त आरोहण टोलीमा रहेका नेपालीहरुले आधारशिविर क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङमा शेर्पाले जानकारी दिए । २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पासहित आरोहण दलमा सहभागी गाइड, किचेन टोली गरी सय जनाले आधार मनास्लु आधार शिविरको सरसफाइ गरेका थिए ।

गत सेप्टेम्बर १८ मा नेपाल आएको बहराइनका राजकुमारसहितको १८ जनाको आरोहण टोलीले नेपाली गाइडहरुको सहयोगमा अक्टोबर १ मा सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरिसकेको छ । उक्त आरोहण टोलीले अक्टोबर १६ मा मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको र त्यहीअनुसार तयारी भइरहेको पनि सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए ।

त्यसैको तयारीस्वरुप शुक्रबार मनास्लु आधार शिविरमा पूजा सम्पन्न भएको पनि सेभेन समिट ट्रेक्सले जनाएको छ । राजकुमार खलिफासहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । एक रात सामागाउँमै बसेको उक्त टोली बुधबार आधार शिविरतर्फ लागेको थियो । आरोहण दलका अन्य सहयोगी भने त्यसअघि नै आधार शिविर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!