शुक्रबार, आश्विन २३, २०७७ || 605  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना क्रिसमसअघि नै स्वदेश फर्काइने बताएका छन् । ‘अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो संख्यामा त्यहाँ रहेका र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ,’ सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेखेका छन् ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले एक दिनअघि अफगानिस्तानमा करिब ५ हजार मात्र अमेरिकी सेना रहेका र सन् २०२१ को सुरुसम्ममा यो संख्या २ हजार ५ सयमा झार्ने योजना सरकारको रहेको बताएका थिए ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेना प्रवेश गरेयता भएका विभिन्न भिडन्त तथा विद्रोहीको आक्रमणका क्रममा एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । मारिनेमा विद्रोही समूहका सदस्य, उनीहरूका परिवार, अफगान सुरक्षा फौज, अमेरिकी सेना र सर्वसाधारण छन् । अमेरिकी सेना फिर्ता गर्ने विषयमा तालिवान, अमेरिकी सरकार र अफगान सरकारबीच सहमति बनिसकेको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!