हिपमत डटकम
काठमाडौं,३ माघ:मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयाँललको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका –६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो ।
दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ । सो मुद्दाको गत साउन ९ गते फैसला गरिएको भए पनि बिहीबार मात्र पूर्ण पाठ तयार भएको हो ।
विसं २०६८ साल जेठ २७ गते सुर्खेतको सल्लीबजारबाट प्रतिवादी शोभालगायतका व्यक्तिले पानकुमारी (नाम परिवर्तन)लाई बस चढाई भारतको दिल्ली पुर्‍याएर बेचेको आरोपमा मुद्दा दायर गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!