नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
तीमध्ये १६८४ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। विगत २४ घण्टामा १५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ५७८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। निको हुने सङ्क्रमितको सङ्ख्या ६८ हजार नाघेको छ। आज थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९४ हजार २ सय ५३ जना सङ्क्रमित भएकोमा ६८ हजार ६ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन्। गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

मङ्गवलार थप १,५५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। सोमवार मन्त्रालयले २,४४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताएको थियो। गत शुक्रवार मन्त्रालयले २,७०० जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। बुधवारअघि त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो। तीमध्ये १४४११ जना घरमै र १०५९६ जना संस्थागत आइसोलेशनमा छन्। वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ। विगत २४ घण्टामा १४२०९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.८ प्रतिशत हो। गम्भीर लक्षण भएका २३३ सङ्क्रमित सघन उपचारमा र ३७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ। ५०० भन्दा बढी उपचाररत सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन्। त्यस्तै सङ्क्रमितहरू शून्य रहेका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ र मुस्ताङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!