मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) असजिलो परिश्थितिहरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिgलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ–नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ। अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुँनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदिबहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरु बिच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाईने तथा अनाबस्यक ठाउमा खर्च हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउदै जित निकाल्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । सवारि साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यावसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!