डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो । नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘तत्काल आयात मात्रै हुनेछ, यहाँबाट दर्जनौं कन्टेनर सामग्री लिन सोमबार खासा जाँदै छन्,’ उनले भने । चिनियाँ पक्ष आइतबार बेलुकी मितेरी पुलमा सामान ‘अनलोड’ गरेर फर्किएको उनले सुनाए । ती सामान लिन ११ वटा कन्टेनर मितेरी पुल पुगेका थिए । भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाइने खत्रीले बताए । नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुइटा टिम तयार राखेको छ । ती सबैको ५ दिनमा परीक्षण गरिनेछ । यसअघि तातोपानी नाकामा कार्यरत चालक र मजदुर गरी ३ जनालाई कोरोना संक्रमण देखिएपछि चौतारास्थित आइसोलेसनमा राखिएको थियो । कान्तिपुरमा अनिश तिवारीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!