नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ । लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!