चीनसँग सीमा विवादबारे छलफल चलिरहँदा भारतले शनिबार नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। सौर्य मिसाइल नामको क्षेप्यास्त्र भारतले ओडिसाको तटबाट सफल रुपमा परीक्षण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। यस क्षेप्यास्त्रले ८ सय किलोमिटरको दुरी पार गर्दै मार हान्नसक्छ। नयाँ क्षेप्यास्त्र पहिलेभन्दा हलुंगो र प्रयोग गर्न सजिलो भएको समाचार संस्था एएनआईले जनाएको छ। लक्ष्यमा पुग्न अगाडि यो क्षेप्यास्त्र सुपरसोनिक स्पिड अर्थात् ध्वनीभन्दा तिव्र गतिमा उड्छ। चीनसँग सीमा विवादबारे छलफल चलेकै समयमा गतहप्ता मात्र भारतले अन्य क्षेप्यास्त्रहरु पनि परीक्षण गरेको थियो। भारतले माइनस ४० डिग्री सेल्सियसको चिसो तापक्रममा प्रयोग गर्न सकिने ट्यांक हतियार पनि गतहप्ता सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!