शनिबार, आश्विन १७, २०७७ || 648  पटक पढिएको

उदयपुरमा मेयरसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना पोजिटिभ देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार ५४ वर्षीय मेयरसहित ४०, ४३, २८, ४२ वर्षीय पुरुष र १८ वर्षीया युवतीलाई कोरोना पोजिटिभ देखिएको हो। उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन्। योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेको छ। त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!