जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकार असफल भएको अरोप लगाएका छन् । आजको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले जनता भोकभोकै मर्ने अवस्था आउँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाएका हुन् ।

जनताको समस्याबारे छलफल गर्न तत्काल संसदको विशेष अधिवेशन बोलाउनुपर्ने महतोको तर्क छ । महतोले प्रधानमन्त्री ओलीले भारतको विरोध गरेर राष्ट्रवादी बन्न खोजेको तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा चुप लागेर बसेको अरोप पनि लगाएका छन् ।

उनले प्रधानमन्त्री ओलीले महाकाली बेचेको आरोप लगाउँदै राष्ट्रवादको खोक्रो नारा लगाउन नसुहाउने पनि बताए ।

त्यसैगरी उनले आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको दावी गर्दै एक हप्ताभित्र सबै समायोजन प्रक्रिया टुङ्गिने बताए । नेतृत्वमा पनि सहजै सहमति हुने उनको जिकिर छ । एकता प्रक्रिया सकिएपछि नेपाली कांग्रेस र नेकपाको विकल्पमा बलियो शक्ति बन्ने अभियानमा लाग्ने महतोको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!