व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

‘डाक्टर गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानविन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्नसमेत सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

साभार :- रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!