बिहिबार, माघ ०२, २०७६ || 614  पटक पढिएको
 

 

 

 

सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनका विषयमा कुराकानी गरे। दाहाल निवासमा पनि पूर्व माओवादी समूहका नेताहरुबीच छलफल भएको छ।  महासचिव पौडेलले दुबै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन्। अनौपचारिक सन्देश पुर्याइरहेका छन्।‘यो विषय दुई अध्यक्षले टुंग्याउने खालको छ। उहाँहरुले टुंग्याउनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ महासचिव पौडेलले भने।उनले दुई अध्यक्षबीचको अहिलेको मनस्थिति कुन तहको हो भन्ने कुरा भने खुलाउन चाहेनन्। दुबै अध्यक्षलाई सभामुखमा साझा प्रस्ताव ल्याउन नेताहरुले दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!