बुधबार, आश्विन १४, २०७७ || 1632  पटक पढिएको

निर्मला पन्तको बलात्कार र हत्याको विषयमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले छिट्टै निश्कर्षमा पुग्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।

संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उनले बताएका छन् ।

उनले पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेमा प्रहरी सचेत रहेको उनले बताएका छन् ।

‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौँ । तयो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ, ‘त्यो सफाइले अलिकति तत्कालीन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो ।’ उनले भने ।

उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढिरहेको बताए । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!