नेप्से आज दुई दिन देखि लगातार ओरालो तिर ढल्कि रहेको छ । हिजो मंगलवार ७ अंकले ओरालो लागेको नेप्से आज पनि ३ अंक घटेर १५५० मा बन्द भएको छ ।

१९५३ करोड़को टर्नअभर भएको आजको बजार शुरु भएदेखि दिनको १२ः०० बजे सम्म लगातार ओरालो लागेर करिब १० अंकले तल झरेको थियो । १५४३ को टेष्टिङ्ग भए पश्चात बजारमा अलिकति खरिदकर्ताहरु देखिएको थियो । मध्यान्ह करिब २ः०० बजे पश्चात उकालो लागेर १५५० मा आजको बजार बन्द भएको छ ।

१९० कम्पनीको सहभागीता रहेको आजको बजारमा पनि हाइड्रो पावर क्षेत्रकै दबदबा देखियो । हाइड्रो पावरका १० कम्पनीमा उपर सकिर्ट लागेको छ ।

भोली विहिवार सप्ताहको अन्तिम दिन बजारमा दुई किसिको मत देखिन सक्छ । पहिलो मत बाजार खुल्दा मन्दी हुन सक्छ तर, अन्तिम समयमा बाजार तेजी तिर जाने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
यदि लागनीकर्ताहरुको दबाब लाभ लिन तिर बढ्यो भने यो सप्ताह मन्दीपूर्ण सप्ताह रहने छ । बजार ओरालो लागे पनि भित्री रुपमा मजबुत रहेको कुरा बजारको अवस्था र लगानीकर्ताको गतिविधिलाई अध्ययन गरेका विश्लेषकहरुको निस्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!