डेविड र हीथर एक अर्कालाई असाध्यै माया गर्थे । दुवैजनाले विवाह गर्ने फैसला गरेका थिए । तर, एकदिन हिथरलाई अचानक क्यान्सर भएको थाहा भयो । क्यान्सर मात्र नभएर हीथरको मृत्यु पनि चाँडै हुने कुरा पनि जानकारी डेविडले पाएका थिए । तर डेविडले यस्तो सुनेपनि मायामा कुनै कमी गरेनन् ।

विवाह गर्ने योजना पहिलै तय भएको थियो । आफुलाई क्यान्सर भएदेखि नै हीथरले विवाह नगर्ने सोच गरेकी थिइन् । तर डेविडले नै विवाह गर्ने जोड गरे ।

हीथर उपचारको क्रममा अस्पतालमा हुँदा दुवैले विवाह गरे । विवाहको लागि अस्पतालमा सबै सामानको व्यवस्था गरिएको थियो । हीथर अस्पतालको बेडमा थिइन् उनले अक्सिजन लगाएकी थिइन् । विवाहको लागि हीथरलाई पनि दुलही जस्तै सजाइएको थियो ।

हाँसी हाँसी अस्पतालको बेडमा विवाह सम्पन्न भयो । तर विवाह भएको १८ घन्टामा हीथरले यो संसार छाडेर बिदा भइन् । डेविडलाई सधैको लागि छाडेर हीथर गइन् ।

एकैछिन अघिमात्र विवाह गर्दा खुशी भएका आफन्तहरु केहि समयमा नै संसार छाडेर गएपछि निराशा भए । तर सबैलाई थाहा थियो विवाह भएपछि तुरुन्तै हीथर मर्नेछिन् । उनको निधनपछि दुलहीलाई झै सजाएर सबैले अन्तिम विदाई गरे । डेविड र हीथरको यो विवाहको निकै चर्चा भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!