शनिबार, आश्विन १०, २०७७ || 763  पटक पढिएको

के तपाईको चुइगम चपाउने आदत छ ? मेक्सिकोको एक विश्वविद्यालयको ताजा शोध अनुसार चुइगम चपाउने व्यक्तिको मेमोरी राम्रो हुन्छ । चुइगम चपाउने व्यक्तिको दिमाग पनि छीटो चल्ने चाहिं होइन् ।

लुइसयिना स्टेटमा गरिएको शोधमा दिउँसोको खाना पछि चुइगम चपाएमा पुरै दिनमा भोक कम लाग्छ । यसको साथै क्यालोरी धेरै खाने पिउने मानिसहरु चुईगमको कारण खाँदैनन् । छोटो समयको दिमागको समस्या पनि समाधान हुन्छ ।

वास्तवमा चुईगम चपाउनाले मानिसहरुको मुखबाट आउने दुर्गन्ध पनि हटाउँछ । तर धेरै मानिसहरुलाई यसको फाइदाको बारेमा जानकारी छैन् । चुइगम चपाउँनाले तनाब पनि कम हुन्छ । चुइगम चपाउँदा घबरावट कम हुन्छ । आफूलाई धेरै आनन्द महसुुुस हुन्छ ।

जानकारी अनुसार चुइगम चपाउँदा मुखबाट धेरै थुक निस्कन्छ । यसले डायजेस्टिव एसिडलाई पेटबाट मुखमा आउनबाट रोक्छ । यसकारण खाना सजिलै पचाउँछ । पाचन क्रिया राम्रो हुन्छ । यसको साथै मुखमा भएका किटाणुपनि हट्नेछन् ।

जसको गलामा मोटोपना छ उनीहरुले चुइगम चपाउनु आवश्यक हुन्छ । यस्तो समस्या भएकालाई एक प्रकारको अभ्यास पनि हो । कसैले त आफ्नो अनुहारको साइज बनाउन पनि चुइगमको प्रयोग गर्छन् । चुइगम चपाउँदा चिन कम हुन्छ र अनुहार गोलोबाट लामो देखिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!