बुधबार, आश्विन ०७, २०७७ || 530  पटक पढिएको

विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट नेपालमा भएको छ । कोरोनाको महामारीका कारण सम्मेलन भर्चुअल मध्यमबाट भएको हो । सन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको थियो । विश्व भरका साइकलयात्री नेपालमा उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण सो हुन सकेन । सम्मेलनमा नेपालका सहरलाई कसरी साइकल शहरको रुपमा विकास गर्ने भन्ने छलफल भएको थियो । नेपालमा भएको एशिया कै यो पहिलो सम्मेलन हो । पर्यटक आकर्षण गर्न साइकल संस्कृतिले कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत छलफल भएको थियो । विश्व साइकल फोरममा नेपालले सन् २०१८ मा सहभागीता जनाएको थियो । सम्मेलनमा पश्चिमा देशले साइकल संस्कृतिको कसरी विकास गरे, भारत, बंगलादेश, थाइल्यान्डमा साइकल अभियान कसरी अघि बढेको छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको काठमाडौं उपत्यका, चितवन, बुटवल र कर्णालीमा कसरी साइकल अभियान अघि बढेको छ भन्ने विषयमा पनि छलफल भएको थियो । सम्मेलनको १०औं संस्करण अर्जेन्टिनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!