रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइसरबाट जोगाउनका लागि आफ्नो देशमा निर्मित भ्याक्सिन विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको दाबी गरेका छन् । ‘हामी आफ्नो अनुभव साट्न तयार छौँ र रुसी भ्याक्सिन आपूर्ति गर्नेलगायत विषयमा सबै देश तथा अन्तर्राष्ट्रिय समुदायसँग संयोजन जारी राख्नेछौं । यो भ्याक्सिन सुरक्षित, प्रभावकारी र विश्वसनीय छ,’ भर्चुअल रुपमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा उनले भने । पुटिनले संयुक्त राष्ट्रसंघका कार्यालयहरुमा कोरोना महामारीले असर गरेको भन्दै निःशुल्क भ्याक्सिन उपलब्ध गराउन आफू तयार रहेको बताए । ‘राष्ट्रसंघलाई सबैखाले सहयोग गर्न रुस तयार छ । विशेषगरी हाम्रो भ्याक्सिन राष्ट्रसंघका कर्मचारीहरुलाई सित्तैमा लगाइदिने प्रस्ताव गर्छु,’ उनले भने ।  रुसले ११ अगस्टमा विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन स्पुटनिक पाँचौलाई मान्यता दिएको थियो । तर, अन्तर्राष्ट्रिय समुदायले यस भ्याक्सिनको विश्वसनियताबारे प्रश्न उठाइरहेको छ । जतिबेला यस भ्याक्सिनले स्वीकृति पाएको थियो, त्यतिबेला तेस्रो चरणको परीक्षण नै सुरु भएको थिएन । सानो संख्याका मानिसहरुमा मात्रै यसको परीक्षण गरिएको थियो । पुटिनले आफ्ना दुईमध्ये एक छोरीले भ्याक्सिन लगाएको र यो भ्याक्सिन प्रभावकारी र प्रतिरोधी रहेको दाबी गरेका थिए । यद्यपी, विश्वभरका वैज्ञानिक तथा संक्रामक रोग विज्ञ भने यस भ्याक्सिनको प्रभावकारीतालाई लिएर चिन्तित छन्, उनीहरुका अनुसार महिनौंसम्म दशौं हजार व्यक्तिमा परीक्षण गरिएपछि मात्रै यो सुरक्षित छ वा छैन भन्ने पत्ता लाग्छ । यसै महिनाको सुरुवातमा अनुसन्धानकर्ताहरुको एक समुहले स्पुटनिक पाँचौको अध्ययनमा संलग्नहरुलाई खुलापत्र लेख्दै यसबारे आवश्यक तथ्याङ्क पारदर्शी रुपमा बाहिर ल्याउन माग गरेका थिए । ‘यो अध्ययनमा वर्णन गरिएको अनुसन्धान सम्भावित रुपमा महत्त्वपूर्ण छ । तर तथ्याङ्कहरुको प्रस्तुतिले धेरै प्रश्न उठाउँछ, जसकारण अनुसन्धानका लागि ओरिजिनल डाटासमक्ष पहुँच आवश्यक छ,’ यस पत्रमा लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!