आइतबार, आश्विन ०४, २०७७ || 749  पटक पढिएको

आलिया भट्ट र रणबीर कपुर बलिउडका हट कपल्स हुन् । दुवैजना प्राय एकसाथ देखिन्छन् । हालैमात्र रणबीरको वाट्सअप डिपीलाई लिएर एक जानकारी बाहिर आएको छ । अभिनेता रणबीरले दुई वटा फोटो सेयर गरेका छन् । एकमा रणबीर आफ्नो ममी र पापाको साथमा छन् । दोस्रो फोटोमा आफुले पालेको कुकुरको तस्वीर राखेका छन् । रणबीरले आलियासँगको फोटो नराखेकोमा साथीहरुले प्रश्न उठाइरहेका छन् ।

समाचारका अनुसार आलिया केही महिना अघि भेटिएकी थिइन् । त्यो समयमा आलियाको फोन वालमा रणबीर र उनको तस्वीर थियो । त्यो तस्वीर रणबीरको नाता पर्ने अरमान जैनको रिसेप्सनमा सहभागी हुँदाको थियो । आलिया र रणबीरको जोडीलाई सबैले धेरै मन पराएका छन् । रणबीरको विवाह मिती तोकिदै छ । ब्रहास्त्र फिल्मको सुर्टिङको कारण विवाहको मिती अगाडी बढ्न सकेको छैन । कोरोना भाइरसको कारण पनि विवाह पछाडी धकेलिदै आएको छ । रणबीरको परिवारले पनि आलियालाई मन पराएको छ । केही समय पहिले आलियाको बाबा महेश भट्टले रणबीर र आलियाले एक अर्कालाई माया गरेको खुलाशा गर्दै रणबीर आफुलाई पनि मन पर्ने र राम्रो व्यक्ति भएको प्रतिक्रिया दिएका थिए । आलिया फिल्म ब्रहास्त्र मा रणबीर कपुरको साथमा देखिनेछिन् । यो फिल्म क्रिसमसमा रिलिज हुने भने ता पनि केही समय पछाडी रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!