
काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो।

सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा २ लाख ५९ हजार रुपैयाँमा कायम भएको छ।
यद्यपि, चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा ३ हजार ८७० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।