दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ । सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ । दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, हामीलाई सुन्दर देखाउन पनि हुन्छ । तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन ।

नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको डाक्टरको भनाई छ । अझ शरीरलाई दाँत अनिवार्य छ । खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम हो । तर दाँतको राम्रोसँग हेरचाह भएन भने यसले समस्या उत्पन्न गराउँछ ।

 दाँतलाई जोगाउन निम्न काम गर्नु पर्दछ,

१. दाँतको सुरक्षा गर्न सबैभन्दा पहिलो काम हो, खानाअघि र पछि नियमित ब्रस गर्ने ।
२. खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर दाँतमा अड्केको खानेकुरा निकाल्ने ।
३. दाँतमा अड्केको खानाको टुक्रा निकाल्न सकेसम्म टुथपिन वा छेस्को प्रयोग नगर्ने ।
४. दाँतलाई तलमाथि, दायाँबायाँ गरी सही तरिकाले ३ मिनेटसम्म माझ्ने ।
५. दाँत माझ्न नरम र सफा ब्रसको प्रयोग गर्ने साथै प्रयोग अघि भिजाउने ।
६. सुर्ती, गुटखा लगायतका सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
७. दाँत माझ्न सकेसम्म फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्ने ।
८. अत्यधिक मात्रामा चिसो पर्दाथको सेवन नगर्ने ।
९. चकलेट वा गुलियो पर्दाथको सेवन कम गर्ने, सेवन पछि अनिवार्य मुख कुल्ला गर्ने ।
१०. तार, ढुंगा वा कुनै पनि कडा वस्तु धातु नटोक्ने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!