मोरङको रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मंन्डल बिगत एक वर्ष देखि घिस्रिएर हिडन बाध्य रहेकि छन । गत माघ महिनामा आगाे ताप्ननेे क्रममा उनकाे साडिमा आगाेले सल्किएपछि उनकाे दुई खुट्टा काे घुडा मुनि काे भाग मा साडि पग्लिएपछि उनको दुई खुट्टा जले पछि उनलाई समयमै उपचार नहुदा अहिले उनी घिस्रिएर हिड्न बाध्य भएकि छन । १२ बर्ष अगाडि देखि उनी सुस्त मनस्थिति भए पछि उनका श्रिमान अर्जुन मंन्डल ले समेत उनलाई छाडिदिए पछि अहिले ७० बर्षिया वृद्ध आमा काे सहारामा बस्न बाध्य रहिकि छन ।उनकाे १७ बर्ष र १४ बर्षका दुई छाेरा भएता पनि आमा सुस्त मनस्थिति र हिडडुल गर्ने छाडेपछि छाेरा हरु समेत रतुवामाई नगरपालिका काे साथत साेनापुरमा बुवा संगै बस्दै आईरहेका छन । ७० बर्षिया आमा मुसर्निया देवि मंन्डल अहिले ३२ बर्षिया छाेरी रम्भा देवि काे स्याहारसुसार गर्ने बाध्य भईरहेकि छन । ज्वाइँ अर्जुन ले छाेरी लाई १२ बर्ष देखि बेवास्ता गर्दे आईरहेतापनि बिगत एक बर्ष देखि छाेरी काे दुवै खुट्टा समेत नचल्ने भए पछि उनलाई उपचार नगराएर आफू संग छाडिदिएकाे आमा मुसर्निया देवि ले दुखेसो पाेखिन । १० घुर जग्गामा सानाे झुपडी बनाएर बस्दै आएका आमा छाेरी एउटा काेठमा बस्दै आईरहेका छन । छाेरी काे दुवै खुट्टा चल्न छाडेपछि ७० बर्षिया आमा लाई दिन रात छाेरी काे स्यार सुसार गर्ने मै व्यस्त हुन थालेकि हुन । आफुु दैनिकी अरु काे घरमा गएर सामान्य काम गरेर जीवन चलाउदै आएकि ७० बर्षिया आम लाई अहिले छाेरी काे समेत पालनपोषण गर्ने का लागि काम गर्ने समेत जान छाडे पछि साँझ बिहान उनकाे घरमा खान का लागि चामल, दाल तेल समेते नरहेको आमा ले बताईन । उनकाे माषिक बिधुवा भत्ता आउने गरेता पनि छाेरी का लागि सामान्य उपचार गर्ने र गाउँ गाउँ घरमा लिएको ऋिण तिर्दे आईरहेकाे उनलेे बताईन । उनकाे ४ महिनामा मात्रै ८ हजार रुपैयाँ भत्ता आउने गरेकाे र आफ्नाे दैनिकी खाधन्य का लागि उनलेे गाउँ घरमा २ ,४ हजार रुपैयाँ ऋिण लिने गरेको र भत्ता आए पछि उक्त ऋिण तिर्ने गरेको उनलेे बताईन । अहिले उनकाे घरमा खाधन्य समेत नभएको र छाेरी लाई समेत राम्रो ठाउँमा उपचार गर्ने लैजान पाए छाेरी राम्रो संग हिडडुल गर्ने भए पनि उनले आफ्नाे जीवन आफै चलाउन सक्ने हुन्छ कि भन्दै बिलाैना गरिरहेकि छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!