मंगलबार, भाद्र ३०, २०७७ || 673  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

बढ्दो कोरोना सङ्क्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए । उनले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरे ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए । उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व सङ्कलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरे ।

हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुङ्गा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा रु १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!