शनिबार, भाद्र २७, २०७७ || 627  पटक पढिएको

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले कडा कदम उठाएकाछन् । उनीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् । जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो ।

स्वास्थ प्रणाली खासै सुुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो । बाध्यकारी रुपमा सीमा बन्द गर्दा कालोबजारी मौलाएपछि हस्तक्षेप गर्न अधिकारीहरु अघि सरेका हुन् ।

एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । एक्सप्रेस को युकेमा प्रकाशित समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुल कारण नसोधी गोली हान्न सक्छन् ।

आणविक कार्यक्रमका कारण बाँकी विश्वले आर्थिक प्रतिबन्ध लगाइरहेका बेला चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियामा थप असर देखिएको छ । चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको छ । उत्तर कोरियामा झन्डै एक साताअघि आएको आँधीको प्रभाव पनि विकराल देखिएको छ, जसकारण २ हजारभन्दा धेरै घर ध्वस्त भएका छन् ।

जसकारण उत्तर कोरियाली निकट भविष्यमा आक्रामक रवैया देखाउने अवस्था नरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपी, उत्तर कोरियाले सत्तारुढ वकर्स पार्टी अफ कोरियाको ७५ औं स्थापना दिवसका अवसरमा आगामी महिना नयाँ हतियार प्रणाली भने प्रदर्शन गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!