हिपमत डटकम , २९ पुस : विहान ७ बजे, २२ जनवरीमा दिल्लीस्थित तिहार जेलमा चारजनालाई फाँसी दिइनेछ । उनीहरुलाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो ।

ज्यान गुमाएकी मेडिकल विद्यार्थीको अझै नाम खुलाइएको छैन । निर्भया नाम दिइएकी उनलाई केटासाथीसँग बसमा यात्रा गरिरहँदा पाँचजनाले बलात्कारपछि निर्ममतापूर्वक घाइते बनाएर छाडेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।

निर्भयाको बलात्कारमा संलग्न पाँचजना पक्राउ परे । उनीहरुमध्ये एकजनाले जेलमै आत्महत्या गरे । बाँकी चारजनालाई फाँसीको सजाय सुनाइएको छ । २२ जनवरीमा फाँसीको मिति तोकिएको हो । अदालतको फैसलाविरुद्ध दुई बलात्कारी विनयकुमार शर्मा र मुकेश सिंह सर्वोच्च अदालत पुगेपनि फैसला उनीहरुको विपक्षमा आएको छ । अब राष्ट्रपतिसमक्ष माफीको निवेदनको एकमात्र विकल्प बाँकी छ । भारतको राष्ट्रपतिले मात्र फाँसीको सजायमा माफी दिनसक्ने कानुनी व्यवस्था छ । यसको सम्भावना न्यून रहेकाले चारैजनालाई आउँदो हप्ता फाँसी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!