शनिबार, भाद्र २७, २०७७ || 712  पटक पढिएको

‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिए। धन्य, यो गुन बिर्सन सकिन्न ।’

कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गरे ।

स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आएका थापा जस्तै भोकले छट्पटाएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भने ।

बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा ।

दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना ९कोभिड–१९० महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।

समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!