पत्रकार जमाल खसोग्गीको विभत्स हत्या प्रकरणमा साउदी अरबका युवराज मोहम्मद बिन सलमान (एमबीएस) लाई जोगाएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गर्व रहेको बब वुडवार्डको नयाँ पुस्तकमा दाबी गरिएको छ ।

बिहीबार बिजनेस इन्साइडरमा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१८ मा खसोग्गीको हत्या प्रकरणमा आफूले सलमानलाई जोगाएको भन्दै ट्रम्पले अमेरिकामा ढडास दिने गरेका थिए । वुडवार्डको पुस्तकलाई उद्धृत गर्दैै बिजनेस इन्साइडरले सो कुरा उल्लेख गरेको हो । ‘मैले उसलाई बचाएँ,’ ट्रम्पले भनेका थिए, ‘मैले कँग्रेसलाई उनको पछि लाग्नबाट रोकेँ ।’

अमेरिकामा बासोबास गर्दै आएका वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी आफ्नी मंगेतर हातिस सेन्जिगसँग विवाहको लागि लाइसेन्स हासिल गर्न इस्तानबुलस्थित साउदी कन्सुलेटमा पुगेका थिए । ५९ वर्षीय खसोग्गीको कन्सुलेटमा नै हत्या गरिएको थियो ।

ट्रम्पले वुडवार्डसँग कुराकानी गर्दै आफूलाई खसोग्गीको हत्यामा एमबीएसको कुनै हात नरहेको विश्वास रहेको बताएका थिए । यद्यपि, अमेरिकी र अन्त्य गुप्तचर संस्थाहरुको भने हत्यामा एमबीएसको प्रत्यक्ष संलग्नता रहेको ठहर थियो ।

खसोग्गीको हत्यापछि दुवै पार्टीका अमेरिकी सांसदहरुले त्यसको कडा विरोध गरेका थिए । तर, ट्रम्पले कँग्रेसलाई पनि बाइपास गर्दै साउदी अरेबियासँग ८ अर्ब डलर बराबरको हतियार खरिद गर्ने सम्झौता गरेका थिए । उनले भिटोको प्रयोग गर्दै कँग्रेसले पास गरेको तीनवटा संकल्प प्रस्ताव रोकेका थिए । यसमा युएई र साउदी अरेबियाले यमिनमा गरिरहेको युद्धमा अमेरिकी सैनिक सहायता बन्द गर्ने प्रस्ताव पनि रहेको थियो ।

वुडवार्डको ‘रेज’ नामक पुस्त सेप्टेम्बर १५ मा सार्वजनिक गरिँदैछ । पुस्तकका लागि वुडवार्डले ट्रम्पसँग १५ वटा अन्तरवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!