शुक्रबार, भाद्र २६, २०७७ || 493  पटक पढिएको

आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो। अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ।

पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ। यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ। यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन। तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन्।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!