मंगलबार, पौष २९, २०७६ || 1165  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२९ पुस : विराटनगर महानगरमा डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरिएको हो ।
विराटनगर महानगरभित्रका ३३ जना डकर्मीहरुलाई तालिममा सहभागि गराइएको थियो । महानगरद्धारा आयोजित डकर्मीहरुको तालिम समापन कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिम फलदायी भएको बिश्वास गरे । उनले महानगर क्षेत्रमा भवन सहिंता अनुरुपका भवन बन्ने बताए । निर्माणमा सरोकार सम्वन्ध डकर्मीलाई यसप्रकारका तालिमको प्रबन्ध मिलाउने पराजुलीले बताए । उनले निर्माणमा सम्लग्न सवै डकर्मीहरुलाई बिमा गर्न र शुरक्षित कसरी रहन सकिन्छ भन्ने कुरामा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा उपमेयर इन्दिरा कार्कीले यसप्रकारका तालिमले भुकम्प प्रतिरोधात्मक शुरक्षित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आबश्यक रहेको औल्याइन । कार्यक्रममा तालिममा सहभागि डकर्मीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
महानगरपालिकामा भवन संहिता कार्यान्वयन कार्यक्रममा टेवा पुगोस् भनेर यसप्रकारका तालिम प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । कार्यक्रममा इन्जिनियर अर्जुन थापा, आर्किटेक प्रविना पोखरेल लगायतले कार्यक्रमको समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!