अमेरिकामा सर्वाधिक धेरै कोरोना संक्रमित पहिचान भएको राज्य हो, क्यालिफोर्निया । अमेरिकाको सर्वाधिक ठूलो जनसंख्या बसोबास गर्ने यस राज्यमा ७ लाख ४१ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिइसकेको छ । क्यालिफोर्नियामा अहिले गर्मी उच्च छ । अनि, आगलागिका घटना पनि बढिरहेका छन् ।

आइतबार उडल्यान्ड हिल्समा तापक्रम ४९ सेल्सियस पुुग्यो, लस एन्जलस काउन्टीको कुनै पनि भागमा तापक्रम पहिलो पटक यति उच्च रहेको नेशनल वेदर सर्भिसले जनाएको छ ।
तातो र सुख्खा मौसमका कारण यस वर्ष गर्मी सिजनमा क्यालिफोर्नियामा आगलागी निकै बढेको छ । अहिलेसम्म ६ लाख ४७ हजारभन्दा धेरै हेक्टर जमिनमा लागिसकेको छ । तीनवटा ठूला डढेलो यहाँ फरक भागमा विध्वंश मच्चाइरहेको छ ।

त्यहीकारण, सान बर्नार्डिन्होको पूर्वतर्फ शनिबारदेखि सुरु भएको डढेलो निभाउनका लागि ५ सय फायर फाइटर्स र चारवटा हेलिकोप्टर तैनाथ गरिएको थियो । उत्तरी क्यालिफोर्नियामा सैनिक हेलिकोप्टरबाट गत सप्ताहन्तमा २ सयभन्दा बढी मानिसको उद्धार गरिएको थियो ।

त्यस्तै, शुक्रबारबाट सुरु भएको अर्को डढेलो कारण २९ हजारभन्दा धेरै हेक्टरस्केल जमिनमा फैलिइसकेको छ । यसलाई निभाउनका लागि ८ सयभन्दा धेरै तैनाथ छन् । सान डिएगो नजिकबाट फैलिरहेको अर्को डढेंलोले ४ हजारभन्दा धेरै हेक्टरस्केल जमिन सखाप पारिसकेको छ । ११ वटा पूर्वाधार सखखाप भइरहेका छन् । डढेंलोबाट प्रभावित भएका ५ वटा काउन्टीमा आइतबार क्यालिफोर्नियाका गर्भनरले संकटकाल लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!